आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

तेस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब ८७ करोड रुपैयाँ

images
शुक्रबार, वैशाख ७ २०८१
images
तेस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब ८७ करोड रुपैयाँ
images
images

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले २ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

images
images
images

यस अवधिमा बैंकको सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँ गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद सञ्चालन नाफा १६.८५ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।

images
images

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी सामान्यरुपमा बढेको छ। यस अवधिमा गएको वर्ष बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड रुपैयाँ गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँ गरेको छ। 

images
images

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज सामान्यरुपमा घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज ८९ करोड ५० लाख रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको यस्तो खर्च करिब १ अर्ब रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.२९ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.०६ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले उठेको ब्याजबापत ९३ करोड २० लाख रुपैयाँ नियामकीय जगेडामा राखेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ जगेडा राखेको थियो। 

ब्याज रकम नउठेकाले बैंकको वितरणयोग्य नाफा ३१ करोड ३३ लाख रुपैयाँ रहेको छ। नियामकीय जगेडा घटेकाले बैंकको वितरणयोग्य नाफा गत वर्षको तुलनामा सामान्यरुपमा बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा यस बैंकको कर्जा निक्षेप अनुपातमा दबाब बढ्न थालेको छ। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८५.१० प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको आधारदर ९.२७ प्रतिशत कायम भएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend