आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

माछापुच्छ्रे बैंकको वित्तीय विवरण खस्किँदो, अधिकांश सूचक नकारात्मक

वितरणयोग्य नाफा ३ अर्ब ५ करोडले ऋणात्मक

images
शुक्रबार, वैशाख ७ २०८१
images
माछापुच्छ्रे बैंकको वित्तीय विवरण खस्किँदो, अधिकांश सूचक नकारात्मक
images
images

काठमाडौं- माछापुच्छ्रे बैंकको वितीय विवरण थप खस्किँदो देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकका अधिकांश सूचक नकारात्मक देखिएका छन्।

images
images
images

बैंकको खुद नाफा गत वर्षको तुलनामा ३६.७२ प्रतिशतले घटेको छ भने खराब कर्जा करिब ५५ प्रतिशतले बढेको छ।

images
images

खराब कर्जा बढेकाले प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५ करोडले ऋणात्मक भएको छ। 

images
images

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले ८५ करोड ५४ लाख रुपैयाँमात्रै खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

गत वर्षको यस अवधिमा बैंकको खराब कर्जा २.३७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३.६८ प्रतिशत रहेको छ।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८३.३० प्रतिशत रहेको छ। बैंकको आधारदर ८.९७ प्रतिशत रहेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend