आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

होटल अनुगमन र कारबाहीबारे होटल संघले गरायो उद्योगमन्त्रीको ध्यानाकर्षण

images
बिहीबार , वैशाख ६ २०८१
images
होटल अनुगमन र कारबाहीबारे होटल संघले गरायो उद्योगमन्त्रीको ध्यानाकर्षण

भेटघाटमा उद्योगमन्त्री दामोदर भण्डारीले यसतर्फ सकारात्मकता प्रकट गर्दै छिटोभन्दा छिटो समस्या समाधान गर्ने आश्वासन दिए।

images
images

काठमाडौं- होटल संघ नेपालले होटल अनुगमन र कारबाहीबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ। बिहीबार संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको टोलीले उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको कारबाहीबारे ज्ञापनपत्र बुझाएको हो।

images
images
images

ज्ञापनपत्रमा राज्यको नियम ऐन कानूनको पूर्ण पालना गर्दै सञ्चालित होटलहरुमा अनुगमनको नाममा अव्यावहारिक व्याख्या गरी कारबाही तथा जरिवाना भएको तथा तारे होटलहरुमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचारहरु बारम्बार आइरहँदा विभागलाई समाचार प्रेषित गर्दा राष्ट्रिय पर्यटन उद्योगप्रति विश्वव्यापी रुपमा नकारात्मक सन्देश जाने र यस कार्यले नेपालको पर्यटन प्रवर्द्धनको गरिमामा समेत आँच आउनेबारे ध्यानाकर्षण गराइएको छ।

images
images

सरकारबाट हुने निरीक्षण अनुगमनको सराहना गर्दै अझ यसलाई प्रभावकारी बनाउन एकलौटी ढंगबाट मात्र नभएर सरोकारवाला निकायसँगको समन्व्यमा हुन सके यस कार्य दीर्घकालीन हुने र अन्तर्राष्ट्रिय चेन तथा व्राण्ड लगायतका होटलहरुको सञ्चालन पनि व्यवस्थित प्रक्रिया बाट हुने हुँदा म्याद गुुज्रिएका सामानहरु उपभोक्ताहरुले उपभोग गर्ने खानामा प्रयोग नभइ यस्ता सामान आपूर्तिकर्ता कम्पनीलाई सोझै फिर्ता पठाइ सोधभर्ना गर्ने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ।

images
images

अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरु प्रचारमुखी नभइ संयमित ढंगबाट हुनका लागि समेत अनुरोध गर्दै यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भएको र यसबाट नेपाल आउने विदेशी पर्यटकहरुबाट बुकिङ रद्द समेत हुन सक्ने हुँदा आगामी दिनमा यस विषयमा समन्वय र सहकार्यको व्यवस्थाका लागि मन्त्रीसमक्ष आग्रह संघले आग्रहसमेत गरेको छ।

नजिकिँदै गरेको लगानी सम्मेलनलाई समेत असर गर्ने गरी नेपालको पर्यटन विकास र व्यवस्थालाई समेत चुनौती हुने भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रभाव पर्ने खालको यस्ता प्रचारमुखी क्रियाकलापहरु नदोहोरिनका लागि पनि अध्यक्ष शाहले अपिल गरे।

भेटघाटमा मन्त्री भण्डारीले यसतर्फ सकारात्मकता प्रकट गर्दै छिटोभन्दा छिटो समस्या समाधान गर्ने आश्वासन दिए।


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend