आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

'डिशहोम मिसन ८१' : एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका

बिहीबार , वैशाख ६ २०८१
'डिशहोम मिसन ८१' : एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका

डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रूपैयाँमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन्।

काठमाडौं- नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि 'मिसन ८१' योजना लिएर आएको छ।

यसयोजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्रमार्फत १ महिनादेखि १२
महिनासम्म थप बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रूपैयाँमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन्।

यस्तै बेसिक प्लसको ३ हजार ५ सय र प्रिमियम लाइफस्टाइलको ४ हजार रूपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्।

ग्राहकहरुले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न
सक्ने डिसहोमले जनाएको छ।

कम्पनीका अनुसार नेपालभर रहेका डिशहोमका डिलर, सबडिलर तथ बिक्रेताहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन्। फन्ड ट्रान्सफरबारे अधिक जानकारीका लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend