आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिहीबार , वैशाख ६ २०८१
तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घट्दा चाँदी भने प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। लगातार बढेर रेकर्ड कायम गरिरहेको सुनको मूल्य बिहीबार प्रतितोला ६ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९ सय ५० रूपैयाँ कायम छ।

यो साता मंगलबार तोलामा १७ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बुधबार भने स्थिर रहेको थियो।

मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार एकैदिन प्रतितोला २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने प्रतितोला ७ सय रूपैयाँले बढेको थियो।

चाँदी भने आज तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार ५० रूपैयाँले घटेर सोमबार १५ रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार पनि तोलामा ३५ रूपैयाँले बढेको थियो। बुधबार भने चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको थियो। 


प्रकाशित : बिहीबार , वैशाख ६ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend