सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपाली किसानको रोजाइमा किवी पनि पर्‍यो, सर्वव्यापी फलफूलमा आँप

बुधबार, वैशाख ५ २०८१
नेपाली किसानको रोजाइमा किवी पनि पर्‍यो, सर्वव्यापी फलफूलमा आँप

नेपालमै पनि किवी जस्तै प्रजाति पाइने अनुमान गरिएपनि त्यसको अनुसन्धान तथा विकासमा काम भएको छैन। अहिले व्यावसायिक रुपमा गरिएको उत्पादन विदेशबाटै आयात गरिएको हो।

काठमाडौं- नेपालको सबैभन्दा धेरै ठाउँमा खेती हुने फलफूल आँप भएइको खुलेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय कृषि गणना अनुसार वडा तहमा गरिएको सर्वेक्षणबाट यस्तो तथ्य खुलेको हो।  

कार्यालयले ९० प्रतिशत वडा(६ हजार ३६)मा सर्वेक्षण गरेको थियो। यसबाट २ हजार ११ वडामा आँप उत्पादन भइरहेको पाइएको छ। त्यस्तै ८०७ वडामा सुन्तला, ६१५ वडामा केरा र २९८ वडामा स्याउ उत्पादन भइरहेको छ। 

धेरै ठाउँमा उत्पादन हुने ७ फलफूलमा १३१ वडामा कागती, १२१ ठाउँमा नासपती उत्पादन भइरहेको पाइएको छ। 

त्यस्तै सातौँ स्थानमा ११३ ठाउँमा किवी उत्पादन हुने गरेको पाइएको छ। नेपालको आफ्नै प्रजाती नभएपनि किवी लोकप्रिय हुँदै आएको छ। कयौँ रैथाने फलफूलभन्दा पनि किवीको विस्तार तीव्र देखिएको सर्वेक्षणबाट खुलेको छ।

नेपालमै पनि किवी जस्तै प्रजाति पाइने अनुमान गरिएपनि त्यसको अनुसन्धान तथा विकासमा काम भएको छैन। अहिले व्यावसायिक रुपमा गरिएको उत्पादन विदेशबाटै आयात गरिएको हो। 

नेपालमा किवीको इतिहास लामो रहेको छ। २०३६ सालमै नेपालमै भित्रिएको पाइन्छ। स्वीसहरूले भित्र्याएको अनुमान गरिएको छ। त्यसपछि जापान सरकारको सहयोगमा सञ्चालित बागमवानीमा २०४४ सालमा ल्याइएको थियो। त्यस्तै २०५५/५६ मा इसिमोडले भारतबाट ल्याएर बगैजामा राखेको थियो। 

तर पछिल्लो १० वर्षमा यसको व्यावसायिक खेतीको रुपमा फस्टाएको पाइन्छ। 


प्रकाशित : बुधबार, वैशाख ५ २०८११४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend