आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला १७ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

मंगलबार, वैशाख ४ २०८१
प्रतितोला १७ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुग्दा चाँदी पनि प्रतितोला ३५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य एक लाख ३९ हजार दुई सय रूपैयाँ पुगेको छ। 

यो साता आइतबार एकैदिन प्रतितोला २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ७ सय रूपैयाँले बढेको थियो। मंगलबार पनि सुनको मूल्य उकालोतिरै लाग्दा कीर्तिमानी बिन्दुमा पुगेको छ। 

मंगलबार प्रतितोला एक हजार सातसय रूपैयाँले बढ्दा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार दुईसय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य एक लाख ३८ हजार पाँचसय ५० रूपैयाँ कायम छ।

यसअघि २०८० को अन्तिम कारोबारमा गएको शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो।

यो साता आइतबार तोलामा ५० रूपैयाँले घटेर सोमबार पुन: १५ रूपैयाँले बढेको चाँदीको मूल्य आज पनि बढेको छ।

आज चाँदी प्रतितोला ३५ रूपैयाँले बढेर प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : मंगलबार, वैशाख ४ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend