आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तोलामा सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, वैशाख ३ २०८१
तोलामा सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले बढ्दा चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य पुन: उकालो लागेको छ। लगातार बढ्दै रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार प्रतितोला २२ सय रूपैयाँले घटेको थियो। सोमबार पुन: ७ सय रूपैयाँले बढेको हो।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार पाँचसय निर्धारण गरिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

२०८० को अन्तिम कारोबारमा गएको शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको सुनको मूल्य २०८१ को पहिलो कारोबारमा एकैदिन दुई हजार दुईसय रूपैयाँले घटेको थियो। सोमबार पुन: सुनको मूल्य उकालो लागेको हो।

चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी आइतबार तोलामा ५० रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, वैशाख ३ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend