आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

उतारचढावबीच ओरालोतिरै सेयर बजार, ३ अर्ब ६ करोडको मात्र कारोबार

images
आइतबार, वैशाख २ २०८१
images
उतारचढावबीच ओरालोतिरै सेयर बजार, ३ अर्ब ६ करोडको मात्र कारोबार
images
images

काठमाडौं- उतारचढावपूर्ण अवस्था देखिएको सेयर बजारमा वृद्धितर्फको संकेत देखिएको छैन। लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा नयाँ वर्ष लागेपछिको कारोबार पनि उस्तै देखिएको छ। 

images
images
images

आइतबार २.३५ अंकले घटेर बजार २०२३.३५ बिन्दुमा झरेको छ। १२७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ। १०८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता पहिलो कारोबारमा आइतबार २२.७५ अंकले बढेको थियो। सोमबार बन्द रहेको बजारमा मंगलबारको कारोबार पनि ९.१९ अंकले बढेको थियो। बुधबार भने १०.७१ अंकले घटेर बजार २०२५.३० बिन्दुमा झरेको थियो। 

images
images

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार सम्हालिएर अगाडि बढ्न सकेको छैन। 

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरूको छ। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, वैशाख २ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend