आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एकैदिन प्रतितोला २२ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, वैशाख २ २०८१
एकैदिन प्रतितोला २२ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला २२ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- लगातार उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य यो साता आइतबार घटेको छ। 

२०८० को अन्तिम कारोबारमा गएको शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको सुनको मूल्य २०८१ को पहिलो कारोबारमा एकैदिन दुई हजार दुईसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार एकसय ५० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य पनि आज प्रतितोला ५० रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, वैशाख २ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend