शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमजी मोटर्सको नयाँ वर्ष अफर, ७ लाखसम्म छुट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३० २०८०
एमजी मोटर्सको नयाँ वर्ष अफर, ७ लाखसम्म छुट

सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा उत्कृष्ट एमजीका सबै गाडीहरु (पेट्रोल तथा ईभी)मा अफरको उपलब्धताले ग्राहकलाई एमजी गाडी किन्दा थप प्रोत्साहन गर्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ।

काठमाडौं- एमजीको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ योजना सार्वजनिक गरेको छ। 

यो योजना अन्तर्गत ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। अफर अन्तर्गत एमजीको ईभी मोडलमा ग्राहकहरुले निःशुल्क टायर, ७ किलोवाटको एसी चार्जर, र चालु आर्थिक वर्षको सडक करमा छुटजस्ता विभिन्न फाइदाहरु गाडी खरिल गर्नेले लिन सक्नेछन्। 

सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा उत्कृष्ट एमजीका सबै गाडीहरु (पेट्रोल तथा ईभी)मा अफरको उपलब्धताले ग्राहकलाई एमजी गाडी किन्दा थप प्रोत्साहन गर्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ। 

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायती ब्रण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ।

३ सयभन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली इन्जिनियरिङ प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गरिरहेको छ। यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइनहरु बेलाएतका प्रख्यात डिजाइनर तथा इन्जिनियरहरुले गर्छन्।

अहिले नेपालमा एमजी फोर ईभी, जेडएस ईभी, कोमेट ईभी गरी ३ विद्युतिय सवारी र हेक्टर, एचएस, र एसटर गरी ३ इन्धन/हाइब्रिड सवारीहरु उपलब्ध छन्। यी सबै सवारीहरुमा कम्पनीले फरक फरक अफरहरु उपलब्ध गराएको छ।

कम्पनीका अनुसार एमजीका गाडीहरुमा अधिक्तम ७ लाखको नगद छुटसँगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर, र चालु आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरु यस योजनामा समावेश छ र  यो योजनामा सर्तहरु पनि लागु हुने कम्पनीले जनाएको छ।  

यो अफर देशैभरिका एमजीका २१ सोरुमहरुमा उपलब्ध हुनेछ भने ग्राहकहरुले आफ्नो नजिकैको सोरुममा गएर अफरको बारेमा थप जानकारी लिन सक्नेछन्। 


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend