शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सेमिकन्डक्टर उत्पादनमा भारत आफैँ अग्रसर, सरकारले नै साढे ७ खर्ब भारू लगानी गर्ने

शनिबार, पुस ३ २०७८
सेमिकन्डक्टर उत्पादनमा भारत आफैँ अग्रसर, सरकारले नै साढे ७ खर्ब भारू लगानी गर्ने

भारतीय अटो बजारमा सेमिकन्डक्टर उत्पादन वा यससँग सम्बन्धि उद्योगमा करिब १ लाख ७० हजार करोड भारु लगानी हुने अनुमान गरिएको छ।

काठमाडौं- भारत सरकारले कार उत्पादनका लागि अत्यावश्वक सेमिकन्डक्टर (चिप) उत्पादनका लागि ७६ हजार करोड भारतीय रूपैयाँ (७ अर्ब ६० अर्ब) लगानी गर्ने घोषणा गरेको छ। सरकारले उक्त रकमको नया स्किम स्वीकृत गरेको हो। 

भारतमा कार उत्पादनका लागि आवश्यक पर्ने चिप आपूर्तिमा असहजता भएपनि सरकारले स्वदेशमै चिप उत्पादनका लागि कम्पनीहरूलाई आकर्षित गर्न स्किम ल्याएको हो। सरकारको यो योजनाले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा ३५ हजार रोजगारी सृजना हुने दाबी गरिएको छ। 

सरकारले घोषणा गरेको स्किम अन्तर्गतको यो रकम विभिन्न प्रविधिजन्य उत्पादनका रहेका कम्पनीहरूले समेत पाउने छन्।

भारतीय अटो बजारमा सेमिकन्डक्टर उत्पादन वा यससँग सम्बन्धित उद्योगमा करिब १ लाख ७० हजार करोड भारू लगानी हुने अनुमान गरिएको छ। आगामी ५ वर्षभित्र हुने उक्त लगानीबाट १ लाख ३५ हजार जनाले रोजनारी पाउने अपेक्षा गरिएको छ। 

डिजाइन लिंक्ड इन्सेन्टिभ (डीएलआई) अन्तर्गत सेमिकन्डक्टर डिजाइन गरिरहेका १ सयभन्दा बढी भारतीय कम्पनीहरूले उक्त स्किम अन्तर्गत रकम पाउने अनुमान गरिएको छ।

उनीहरूले रकम पाएमा सुरुवाती लागतको ५० प्रतिशत पाउने छन्। भारतले दिगो रुपमा सेमिकन्डक्टर र यस सम्बन्धि उत्पादनका लागि इन्डिया सेमिकन्डक्टर मिसन (आईएसएम) नै स्थापना गर्ने लक्ष्य लिएको छ। 

विश्वभर अहिले पनि सेमिकन्डक्टरको सहज आपूर्ति हुन नसक्दा कार उत्पादकहरूले क्षमता अनुसार कार उत्पादन गर्न सकिरहेका छैनन्। जसका कारण उपभोक्ताले चाहेअनुसार आफ्नो रोजाइको कार खरिद गर्न पाइरहेका छैनन्।  


प्रकाशित : शनिबार, पुस ३ २०७८०३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend