शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ब्याट्रीहरूमा अब्बल बीवाईडीको 'ब्लेड ब्याट्री'

शनिबार, वैशाख १ २०८१
ब्याट्रीहरूमा अब्बल बीवाईडीको 'ब्लेड ब्याट्री'

काठमाडौं- विद्युतीय सवारी साधानमा अहिले सबैभन्दा धेरैको ध्यान केहीमा छ भने ब्याट्रीमा नै छ। प्रयोगकर्तादेखि लिएर निर्मातासम्मको ध्यान ब्याट्रीमा नै देखिन्छ। भलै ब्याट्रीको कुन पक्षको चासो भन्ने कुरा आफ्नो अनुकूलतमा होला।

निर्मातालाई ब्याट्री प्रविधिको अन्वेषणमा होला भने प्रयोगकर्तालाई लाभदायक र सुलभ कसरी हुन्छ भन्नेमा होला। तर जसरी भएपनि विद्युतीय सवारीमा सबैको एकसाथ चासो भएको कुनै कम्पोनेन्ट छ भने 'ब्याट्री' नै पहिलो हो। 

ऊर्जाको भण्डारण गरेर सवारीको अविच्छन्न सञ्चालनका लागि अत्वावश्यक भएको ब्याट्री नै यस्तो चिज हो यसमा प्रत्येक पलमा अनुसन्धान भइरहेको छ। संसारभर यसमा थप केही न केही तथ्य फेला परिरहेका छन्। यी सबै अन्वेषण र मेहनतले थप किफायती र सुरक्षित पनि हुँदै आएको छ। 

आधुनिक ब्याट्रीको अन्वेषण भएको दुई शताब्दी भइसकेको छ। यो अवधिमा थुप्रै विकास भएका छन् र यसबाट समाजले वृहत्तर लाभ पनि लिएको छ। उपकरणको प्रकृति अनुसार ब्याट्रीको प्रकृति तय हुन्छ।

विद्युतीय सवारी साधानमा विशेषगरी अहिले पनि तीनथरी मुख्य ब्याट्री रहेका छन्। लिड, निक्कल र लिथियम प्रधान ब्याट्री रहेका छन्।

अक्सर विद्युतीय सवारीमा लिथियम आयन ब्याट्री नै प्रयोग हुन्छ। बीवाईडीमा पनि लिथियम आयन फोस्फेट ब्याट्री प्रयोग भइरहेको छ। 

नेपालमा पहिलो पटक सार्वजनिक भएको पहिलो पुस्ताको बीवाईडी ‘ई सिक्स’मा लिथियम आयन फोस्फेट ब्याट्री थियो। अरु ब्याट्रीको तुलनामा यो ब्याट्री सुरक्षित, किफायति, चार्ज, डिस्चार्ज क्षमता र लामो लाइफ साइकल हुन्छ। 

यस्ता ब्याट्रीको वनावटको आधारमा तीन प्रकार हुन्छन्। सिलिन्डर, प्रिस्मेट्रिक र पउच।  बीवाईडी  मोडलको पुरानो गाडीमा प्रिस्मेट्रिक प्रकारको लिथियम आयन फोस्फेट प्रयोग भएको थियो। 

बीवाईडीले २०२० मा दोस्रो जेनेरेशनको ई सिक्समा भने ब्लेड ब्याट्री प्रयोग गरेको छ। ब्लेड ब्याट्री पनि लिथियम आयन फोस्फेट नै हो। तर यसको ब्याट्री प्याकमा वनावट फरक छ। यसको प्रमुख विशेषता नै वनावट हो। ब्लेड ब्याट्री वनावट अरुभन्दा पातलो हुन्छ।

ब्लेड ब्याट्रीका विशेषताहरू

१.  सुपर सेफ्टी- नेल पेनिट्रेसन, क्‍र्‍यास टेष्ट, थर्मल स्ट्याबलिटी, ओभर चार्ज, बटम हिटिङ, कुलेन्ट लिकेज टेष्ट

२. सुपर स्ट्रेन्थ- भाइब्रेसन, क्‍र्‍यास स्यूमिलेसन, क्‍र्‍यास टेष्ट, कम्प्रेसिभ स्ट्रेन्थ

३. सुपर माइलेज

४  सुपर लो ट्याम्पेरचर पर्फमेन्स

५ सपुर लाइफ साइकल ३ हजार साइकल

६. सुपर पावर- म्याक्स पावर ३६३ किलोवाट 

ब्लेड ब्याट्रीले धेरै प्रकारको परीक्षण पास गरेरै यस्तो विशेषता तय भएका छन्। 

नेल पेनिट्रेसन- नो स्मोकिङ, नो फायर, अधिकतमा तापक्रक ६० डिग्री सेन्ट्रिग्रेड

क्‍र्‍यास टेष्ट्र- वन्ली स्मोकिङ, नो फायर,  विस्फोट नभएको।

फायर टेष्ट्र-  हिट टू ३०० डिग्री सेन्ट्रिग्रेट  (५ डिग्री सेन्ट्रिग्रेड  प्रतिमिनेट) नतिजा: वन्ली स्मोकिङ आगोलागि तथा विस्फोट नभएको। 

ओभरल चार्ज- ब्लेड सेल ओभर चार्ज २.६ टाइमस अफ म्याक्सिम्म भोल्टजको नतिजा वन्ली स्मोकिङ, आगोलागी तथा विस्फोस्ट छैन्।

हिटिङ परीक्षण कुनै पनि खराबी अहिलेसम्म भेटिएको छैन।

कुलेन्ट लिकेज टेष्ट्र: ४५ दिसम्मको परीक्षणमा नो स्मोकिङ, नो फायर तथा विस्फोस्ट नभएको।

सुपर स्ट्रेन्थ-  केही समस्या नभएको।

यसैगरी ब्लेड ब्याट्रीको अर्को विशेषता सेप व्याक प्रविधिमा छ। अरु ब्याट्रीमा सेल मेलाएर मोड्युल हुन्छ।

मोड्युलन- मोड्युल मिलाएर प्याक बन्छ। तर ब्लेड ब्याट्रीमा सेल-सेल मिलाएर सिधै प्याक बन्छ। ब्याट्री प्याकभित्र फ्यूज पनि हुन्छ। जसका कारण ब्याट्री सुरक्षित बनाउँछ। यसले थोरै स्पेसमा धेरै ऊर्जा खपत गर्ने ब्याट्रीको प्लेसपमेन्ट हुने अवस्था सिर्जना गर्छ।


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend