आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

भारतीय नयाँ ‘वियरटेक’ ब्रान्ड ‘न्यु रिपब्लिक’ अब नेपालमा

शुक्रबार, चैत ३० २०८०
भारतीय नयाँ ‘वियरटेक’ ब्रान्ड ‘न्यु रिपब्लिक’ अब नेपालमा

न्यु रिपब्लिक भारतको लाइफस्टाइल टेक्नोलोजी ब्रान्ड हो जुन वायरलेस अडियो, घडी, एयर बड र स्पिकरजस्ता वियर टेकका लागि चर्चित छ ।

काठमाडौं- ‘वियरटेक’ क्षेत्रमा नयाँ क्रान्ति ल्याउने अठोटसहित सुरु भएको न्यु रिपब्लिकले नेपालमा वायरलेस पर्सनल अडियो डिभाइस, स्पिकर र स्मार्टवाच लगायतका अत्याधुनिक ‘वियरटेक’ डिभाइसहरु सार्वजनिक गरेको छ।

‘न्यु रिपब्लिकलाई नेपालमा ल्याउन पाउँदा हामी उत्साहित छौँ। हाम्रो उद्देश्य नेपालको उत्कृष्ट उत्पादनहरु ल्याएर वियर टेक क्षेत्रमा क्रान्ति ल्याउनु हो। यो न्यु रिपब्लिकको यात्राको एउटा महत्वपूर्ण कोशेढुंगा हो,’ न्यु रिपब्लिकका संस्थापक उज्वल सरिनले भने। नेपालमा न्यु रिपब्लिकले नेपालको वितरकका रुपमा अबार्न पर्ल्ससँग साझेदारी गरेको छ। 

‘न्यु रिपब्लिकले भारत र अन्य मुलुकमा आफ्नो अत्याधुनिक र सहज उत्पादनहरुमार्फत आफूलाई स्थापित गरेको छ। यसका उत्पादनहरु स्टाइल र सेल्फ एक्सप्रेसनसँग प्रविधिको समिश्रणका लागि परिचित छन्। यो नयाँ साझेदारीमार्फत हामीले न्यु रिपब्लिकका उत्पादनहरु नेपाली उपभोक्तामाझ पुर्‍याउने अठोट लिएका छौँ,’ अबार्न पर्ल्सका संस्थापकद्वय सलोनी सेठिया र श्रीयांश सेठियाले भने।

न्यु रिपब्लिकका उत्पादनहरु नेपालको चर्चित इकमर्स मार्केटप्लेस दराज र देशभर फैलिएका स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। न्यु रिपब्लिक भारतको लाइफस्टाइल टेक्नोलोजी ब्रान्ड हो जुन आविष्कारिक वेयर टेक उत्पादन जस्तै वायरलेस अडियो, घडी, एयर बड र स्पिकर र नयाँ चार्जिङ सोलुसनका लागि चर्चित छ। यसले इलेक्ट्रोनिक्स, संगीत र फेसनलाई आफ्नो क्षेत्र बनाएको छ। चर्चित भारतीय अभिनेता फरहान अख्त र शिवानी अख्तर न्यु रिपब्लिकका ब्रान्ड इन्डोर्सर हुन्। 


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend