शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

चितवनमा धान उत्पादन घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १ २०७८
चितवनमा धान उत्पादन घट्यो

चितवन- चितवनमा यसवर्ष धान उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार यस वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा ९३ हजार ३१२ मेट्रिक टन उत्पादन भएको छ। धान उत्पादनमा यस वर्ष ६८८ मेट्रिक टनले कमी आएको छ। गत वर्ष सोही क्षेत्रफलमा ९४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। 

यस वर्ष धानको औसत उत्पादकत्व ४.०७ मेट्रिक टन प्रति हेक्टर रहेको छ भने गत वर्ष ४.१० प्रतिशत थियो। चितवनलाई धानको भण्डार नै मानिन्छ। यहाँ सावित्री, वार र सावा धान धेरै लगाइन्छ । इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धान पर्याप्त उत्पादन हुन्छ। रासस


प्रकाशित : बिहीबार , पुस १ २०७८१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend