शनिबार, वैशाख २९ गते २०८१    
images
images

लगातार बढिरहेको सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

images
images
images
लगातार बढिरहेको सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

यो साता चारैदिन कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार भने प्रतितोला दुईसय रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- यो साता लगातार उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ। 

images
images
images

आइतबार, सोमबार, मंगलबार र बुधबार चारै कारोबारमा कीर्तिमानी मूल्यमा पुगेको सुन बिहीबार भने ओरालो लागेको हो।

images

बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ६ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ९ सय ५० रूपैयाँ निर्धारण गरिएको छ। 

images

आइतबार एकैदिन प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६ सय रूपैयाँले बढेको थियो। मंगलबार नेपाली बजारमा प्रतितोला एकसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला पाँचसय रूपैयाँले बढ्दा हालसम्मकै उच्च प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

लगातार बढेर मंगलबार स्थिर बुधबार पुन: तोलामा १५ रूपैयाँले बढेको चाँदीको मूल्य भने आज स्थिर छ। 

बिहीबारका लागि प्रतितोला एक हजार ७ सय रूपैयाँ मूल्य तोकिएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यो साता आइतबार प्रतितोला ५५ रूपैयाँले बढेको चाँदी सोमबार प्रतितोला १५ रूपैयाँले महँगिएको थियो।

images

प्रकाशित : बिहीबार , चैत २९ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend