सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा सफल भयो चिया खेती

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २९ २०८०
गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा सफल भयो चिया खेती

समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो। तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा  चियाखेती सफल भएको छ।

सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिए। 

समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो। तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ।

'हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्', उनले भने, 'चिया खेती निकै राम्रो भएको छ। आगामी दिनमा  बिरुवा थप्ने योजनामा छौँ।'

गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो। रासस

प्रकाशित : बिहीबार , चैत २९ २०८०१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend