बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

उद्याेग वाणिज्य महासंघको विधान संशोधनको मस्यौदा पेश

images
बिहीबार , पुस १ २०७८
images
उद्याेग वाणिज्य महासंघको विधान संशोधनको मस्यौदा पेश

विधान संशोधन समितिका सभापति जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गरेका हुन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट गठित विधान संशोधन समितिकातर्फबाट बिहीबार एक कार्यक्रमबीच महासंघका अध्यक्ष शेखर गोल्छा समक्ष महासंघको विद्यमान विधान संशोधनको मस्यौदा पेश गरिएको छ। 

images
images
images

महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो। विधान संशोधन समितिका सभापति जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गरेका हुन्। समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो। 

images
images

कार्यक्रममा सभापति जोशी र समितिका सहसभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका बारेमा जानकारी गराएका थिए। 

images
images

कार्यक्रममा समितिका सदस्यहरू क्रमशः पूर्वउपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समिति सदस्य डीवी बस्नेत, पूर्वकार्यकारिणी समिति सदस्यहरू अशोककुमार तोदी, सुनिल गोपाल श्रेष्ठ, सुनसरी उवासंघका पूर्वअध्यक्ष सरोज श्रेष्ठ, समितिका कानून विज्ञ डा. रूद्र शर्माको उपस्थिति थियो। मस्यौदा हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचन पनि सहभागि थिए। 


प्रकाशित : बिहीबार , पुस १ २०७८१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend