आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

दुई दिन देखिएको वृद्धिपछि पुन: घट्यो सेयर बजार, ३ अर्ब ४८ करोडको कारोबार

images
बुधबार, चैत २८ २०८०
images
दुई दिन देखिएको वृद्धिपछि पुन: घट्यो सेयर बजार, ३ अर्ब ४८ करोडको कारोबार
images
images

काठमाडौं- अघिल्लो साता सबै कारोबार ओरालो लागेको सेयर बजारमा यो साता लगातार दुई कारोबार वृद्धितर्फ देखिएर तेस्रो कारोबारमा पुन: घटेको छ। 

images
images
images

गएको साता समग्रमा ३१.५७ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार २२.७५ अंकले बढेको थियो। सोमबार बन्द रहेको बजारमा मंगलबारको कारोबार पनि ९.१९ अंकले बढेको थियो।

images
images

बुधबार भने १०.७१ अंकले घटेर बजार २०२५.३० बिन्दुमा झरेको छ। ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। १७६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार सम्हालिएर अगाडि बढ्न सकेको छैन। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै देखिएको छ।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरुको छ। 


प्रकाशित : बुधबार, चैत २८ २०८०१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend