आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

टाटा मोटर्सको ‘नयाँ वर्ष नयाँ कार २०८१’ योजना, यस्ता छन् सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २८ २०८०
टाटा मोटर्सको ‘नयाँ वर्ष नयाँ कार २०८१’ योजना, यस्ता छन् सुविधा

यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुनेछ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार २०८१’ योजना ल्याएको छ। 

यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गइ नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी, टियागो ईभी लगायतका टाटाका कारहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। 

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्नेछन। 

यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुनेछ। 

नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका अत्याधुनिक शोरुममा गइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ। यो योजना सीमित अवधिका लागिमात्र लागु हुनेछ। 


प्रकाशित : बुधबार, चैत २८ २०८००९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend