सोमबार, जेठ ७ गते २०८१    
images
images

ओमोडा ईभी : अब्बल विद्युतीय एसयूभी

images
शनिबार, वैशाख १ २०८१
images
images
ओमोडा ईभी : अब्बल विद्युतीय एसयूभी

विद्युतीय सवारीमा ब्याट्री साइकल पनि सँगै जोडिएर आउँछ। ओमोडाले राम्रो अफर दिएको छ। टायरमा समेत ओमोडाले वारेन्टी दिएको छ।

images
images

काठमाडौं- चीनकै ठूलो मध्यको एउटा अटोमोबाइल ग्रुप चेरीको सहायक कम्पनीको रुपमा ओमोडा ब्रान्ड स्थापना भएको छ। यो ब्रान्ड प्योर ईभी उत्पादन गर्ने ब्रान्ड पनि हो।

images
images
images

ग्राहकको विद्युतीय सवारीप्रति रुचि बढ्दै गएकाले सबैजसो सवारी उत्पादकहरू विद्युतीय सवारी उत्पादनमै केन्द्रित हुन थालेका छन्। त्यसमा पनि ईभीको क्षेत्रमा चिनियाँ सवारी उत्पादकहरू एक कदम अघि नै छन्।

images

त्यस्तै अघि रहेको एउटा ब्रान्ड हो ओमोडा। सारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइलले ३ वर्ष अगाडि चेरी ब्रान्डका कार नेपाल ल्याएको थियो। उक्त समयमै कम्पनीले विद्युतीय कार नै ल्याउने प्रयास गरेको एसपीजी अटोमोबाइलका प्रबन्ध निर्देशक गौरव सारडाले बताए। ‘पेट्रोल तथा डिजेल गाडीको माग घट्दो छ। यी गाडीहरूमा सरकारको नीति पनि नकारात्मक छ। फाइनान्सिङ पनि गाह्रो छ,’ उनले भने, ‘ग्राहकको विश्वव्यापी रुचि तथा वातावरण र सरकारको नीतिका कारण पनि हामी विद्युतीय सवारीमा गएका हौँ।’

images
images

चीनको सबैभन्दा बढी चार पांग्रे सवारी निर्यात गर्ने कम्पनी चेरी हो। ओमोडा पनि चेरी कै उत्पादन हो। एउटा सफल र नाम कमाइसकेको कम्पनीले कुनै पनि उत्पादन कमजोरी हुन दिँदैन। चेरीसँग काम गर्दा पनि उनीले सर्भिसमा देखाउने चासो तथा सहयोग राम्रो भएकाले चेरी ब्रान्ड र त्यसले उत्पादन गरेको ओमोडा ईभी ल्याएको सारडाले बताए। 

images
images

त्यही भएर एसपीजीले पनि केही न केही अध्ययन गरेर नै चेरी तथा ओमोडामा लगानी गरेको हो। ‘प्रविधि आधुनिक छ। यो कम्पनी स्टार्ट कम्पनी हैन। ब्याकिङ राम्रो भएको कम्पनी हो। यसले प्रविधिसँगै ग्राहकको चाहनाअनुसार काम गरिरहेको छ,’ उनले भने, ‘ओमोडा क्रस ओभर एसयूभी हो। ब्रान्डले भन्छ कि जसले भविष्य सोचिरहेको छ, उसले ओमोडा रोज्छ। युवा, जसले ड्राइभिङ गर्न रमाउँछ। जो आउटडोर जान रमाउँछ उसले यो गाडी अवश्य प्रयोग गर्छ।’

नेपाली बजारमा हाल विद्युतीय सवारीमा प्रतिस्पर्धा बढेको छ र झन् बढ्दै जानेछ। धेरैवटा राइट ह्यान्ड ड्राइभ सवारी चीनबाट आउने तयारीमा छन्। मुख्य त सर्भाइबल हो। जसले ग्राहकलाई भ्यालु फर मनी दिन्छ। जसले ग्राहकको डिमान्ड बुझेर फिचर गाडीमा प्रयोग गर्छ, उनीहरू नै अन्ततः सफल हुने सारडा बताउँछन्।

‘मात्रै ठूलो नामले चाहिँ यहाँ सफल हुने हैन। ब्रान्ड, सर्भिस, नेटवर्क, चार्जिङ नेटवर्क, ग्राहकले माग गरेको डिमान्ड पूरा गरेको छ उसले प्रतिस्पर्धामा जित हात पार्ने हो,’ उनी भन्छन्, ‘हामीले त ग्राहकलाई विद्युतीय गाडीमा स्पेयर टायर दिएका छौँ। विद्युतीय गाडीमा अक्सर अतिरिक्त टायर दिइँदैन। हामीले नेपालको भूगोल र सडकलाई हेरेर यो उपलब्ध गराएका हौँ।’

विद्युतीय सवारीमा ब्याट्री साइकल पनि सँगै जोडिएर आउँछ। ओमोडाले राम्रो अफर दिएको छ। टायरमा समेत ओमोडाले वारेन्टी दिएको छ। सर्भिसको पाटोमा पनि एसपीजीले दक्ष जनशक्ति उत्पादन गरिरहेको छ। एसपीजीबाट २ जनाले जनवरीमा नै उत्पादक कम्पनीमा गएर तालिम लिएर आइसकेका छन्। कम्पनीले अहिले एक जना प्राविधिकलाई नै नेपाल बोलाएर सबै नेटवर्क पार्टनरसँग सहकार्य गरेर थप दक्ष जनशक्ति उत्पादन गरिरहेको छ।

एसपीजीले चार्जिङ स्टेसनमा लगानी गरिरहेको छ। जति डिलर पोइन्ट छ सबै ठाउँमा २२ किलोवाटको चार्जिङ पोइन्ट अनिवार्य जडान गरिरहेको छ। विर्तामोडमा लोकेसन फिक्स हुँदैछ। यसबाहेक विराटनगर, इटहरी, बर्दिबासमा डीसी चार्जर, वीरगञ्ज, नारायणघाट, मुग्लिन, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, सुर्खेत र धनगढीमा पनि डीसी चार्जर जडानको काम भइरहेको छ।

लक्सवाइज र विशेषताका कारण ओमोडा ई फाइभ धेरैको रोजाइमा पर्नेछ। यो कार २० देखि ८० प्रतिशत चार्ज हुन डीसी फास्ट चार्जरबाट २७ मिनेटमात्रै लाग्छ।

यता विद्युतीय सवारीप्रति सरकारी कर नीति स्थिर हुन नसकेको सारडाको भनाइ छ। ‘ईभीमा कर बढाउने घटाउने हरेक वर्षको नीति ठीक छैन। १० वर्षको अलि लामो होला, कम्तीमा पनि पाँच वर्षका लागि पहिले नै यस्तो-यस्तो कर नीति हुन्छ भन्ने स्थिर पोलिसी सरकारबाट आउनुपर्छ,’ उनले भने, ‘हरेक वर्ष बढ्ने नीति राम्रो होइन। हामीले पनि लगानी गरिरहेका छौँ। चार्जिङ पूर्वाधार निर्माणमा पनि हामीले लगानी गरेका हुन्छौँ। अस्थिर नीतिले व्यवसायीलाई लगानी गर्न निरुत्साहित गर्छ।’

सरकारले गाडीको कर अस्वाभाविक बढाइदियो भने व्यवसायीले गाडी बिक्री गर्न सक्दैन। त्यसपछि त चार्जिङमा लगानी कसले गर्छ? ग्राहक पनि कति डराइरहेका हुन्छन्। अहिले गाडीको मूल्य बढ्छ कि भनेर गाडी किनिरहेका छन्। गाडी भनेको त जब चाहिन्छ त्यही बेला किन्ने हो। तर यहाँ त बजेटपछि कर बढ्छ भनेर गाडी किनिरहेका उनको भनाइ छ। सबै देशमा स्थिर नीति छ, नेपालमा पनि त्यही चाहिन्छ र व्यवसायीहरूले रोड म्याप खोजीरहेका सारडाले बताए। 


प्रकाशित : शनिबार, वैशाख १ २०८११२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend