आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य आज पनि उच्च, चाँदीको स्थिर

मंगलबार, चैत २७ २०८०
सुनको मूल्य आज पनि उच्च, चाँदीको स्थिर

मंगलबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर उच्च बिन्दुमा पुग्दा चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन।

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

यो साता लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार पनि सामान्य बढ्दा हालसम्मकै उच्च कायम भएको हो।

प्रतितोला एकसय रूपैयाँले बढेर तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ३५ हजार ६ सय ५० रूपैयाँ कायम छ। 

आइतबार एकैदिन प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको सुन सोमबार पनि प्रतितोला ६ सय रूपैयाँले महँगिएर हालसम्मकै उच्च प्रतितोला एक लाख ३६ हजार दुईसय रूपैयाँ कायम थियो।

पछिल्लो समय लगातार बढिरहेको चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यो साता आइतबार प्रतितोला ५५ रूपैयाँले बढेको चाँदी सोमबार प्रतितोला १५ रूपैयाँले महँगिएको थियो।


प्रकाशित : मंगलबार, चैत २७ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend