शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

सुनको मूल्य आज पनि उच्च, चाँदीको स्थिर

images
images
images
सुनको मूल्य आज पनि उच्च, चाँदीको स्थिर

मंगलबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर उच्च बिन्दुमा पुग्दा चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

images
images
images

यो साता लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार पनि सामान्य बढ्दा हालसम्मकै उच्च कायम भएको हो।

images

प्रतितोला एकसय रूपैयाँले बढेर तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ३५ हजार ६ सय ५० रूपैयाँ कायम छ। 

images

आइतबार एकैदिन प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको सुन सोमबार पनि प्रतितोला ६ सय रूपैयाँले महँगिएर हालसम्मकै उच्च प्रतितोला एक लाख ३६ हजार दुईसय रूपैयाँ कायम थियो।

images
images

पछिल्लो समय लगातार बढिरहेको चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यो साता आइतबार प्रतितोला ५५ रूपैयाँले बढेको चाँदी सोमबार प्रतितोला १५ रूपैयाँले महँगिएको थियो।

images

प्रकाशित : मंगलबार, चैत २७ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend