शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुरुवातीभन्दा एक लाख रूपैयाँले बढ्यो टियागो ईभीको मूल्य

आइतबार, चैत २५ २०८०
सुरुवातीभन्दा एक लाख रूपैयाँले बढ्यो टियागो ईभीको मूल्य

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक हो।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको सुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ।

सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको अवसरमा कम्पनीले टियागो ईभी नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो। कम्पनीको अनुसार २०२४ अप्रिल ५ देखि टियागो ईभीको सुरुवाती मूल्यको अवधि सकिएको छ।

योसँगै नेपालमा उपलब्ध टियागो ईभीको सबै मोडलहरुमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ। 

सिप्रदीले टियागो ईभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तय गरेको थियो।

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक हो।

हालसम्म यस गाडीका १५ सयभन्दा बढी सन्तुष्ट  ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ। यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरुले दर्शाएको रुचि र मागको कारण मार्चसम्म लम्बाइएको थियो।

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ। टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीका पाँच वटा प्रमुख विशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका छन्। अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन्।


प्रकाशित : आइतबार, चैत २५ २०८०१७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend