शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सीएचटीसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु नेपाल भित्र्याउँदै मेगा बिजनेस ग्रुप

आइतबार, चैत २५ २०८०
सीएचटीसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु नेपाल भित्र्याउँदै मेगा बिजनेस ग्रुप

व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारणमैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ।

काठमाडौं- चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ। यी दुई कम्पनीहरुले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार अब मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ।

व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारणमैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ। साथै अपिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन्।

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथियम आएन ब्याट्री प्याक,  २०५ एमएम ग्राउण्ड  क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन्।

यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइँदैन। त्यस्तै विशेषत: ११ सिट क्षमताको भ्यानमा बुट स्पेससमेत उपलब्ध छ। 

चीनको सरकारद्वारा सञ्चालित  सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरुमध्येको सिनोमाच ग्रुपको एक इकाइ हो। समुच्च प्रविधिमा आधारित सीएचटिसी मोटरस चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो। 


प्रकाशित : आइतबार, चैत २५ २०८०१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend