आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एकैदिन प्रतितोला २९ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

आइतबार, चैत २५ २०८०
एकैदिन प्रतितोला २९ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

लगातार उकालो लागिरहेको सुनको मूल्य आइतबार पनि प्रतितोला २९ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

काठमाडौं- लगातार उकालो लाग्दै दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार पनि बढेको छ।

गएको साता लगातार तीन कारोबारमा उच्च मूल्यमा पुगेर शुक्रबार ओरालो लागेको सुनको यो साता पहिलो कारोबार दिन नै प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी बिन्दुमा पुगेको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको साता पाँच दिनमा चारहजार रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला एक हजार ३ सय रूपैयाँले घटेको थियो। बिहीबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३४ हजार रूपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार गएको शुक्रबारको तुलनामा चाँदी आज तोलामा ५५ रूपैयाँले बढेर प्रतितोला एक हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : आइतबार, चैत २५ २०८०११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend