शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टोयोटाले जनवरीमा ८ लाख कार उत्पादन गर्ने

बिहीबार , पुस १ २०७८
टोयोटाले जनवरीमा ८ लाख कार उत्पादन गर्ने

कोरोना महामारीका कारण सिर्जित सेमिकन्डक्टर (चिप) तथा पार्टसको अभाव हुँदा संसारभरका कार उत्पादकको उत्पादनमा उल्लेख्य कटौती भएको छ। 

काठमाडौं- संख्यात्मक आधारमा विश्वको सबैभन्दा ठूलो कार उत्पादक टोयोटाले आगामी जनवरीमा ८ लाख वटा सवारी उत्पादन गर्ने घोषणा गरेको छ। कोरोना महामारीका कारण सिर्जित सेमिकन्डक्टर (चिप) तथा पार्टसको अभाव हुँदा संसारभरका कार उत्पादकको उत्पादनमा उल्लेख्य कटौती भएको छ। 

चिप अभाव हुँदा उत्पादकले माग अनुसार कारको आपूर्ति गर्न सकेका छैनन्। टोयोटाले विश्वभर रहेको आफ्नो प्लान्टबाट आउँदो जनवरीमा मासिक हिसाबमा हालसम्मकै धेरै ८ लाख कार उत्पादन गर्ने घोषणा गरेको हो।

चिपको आपूर्तिक केही सहज भएकाले कार उत्पादनमा आएको गिरावट न्यूनीकरण गर्न कम्पनीले उक्त घोषणा गरेको जनाएको छ। 

टोयोटाले वार्षिक ९० लाख सवारी उत्पदन गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य भेट्टाउने योजना अनुरुप कम्पनीले जनवरीमा कार उत्पादन बढाउन लागेको बुधबार कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। २०२२ मार्च ३१ सम्ममा टोयोटाले ९० लाख सवारी उत्पादनको लक्ष्य लिएको छ। 

वर्षको सुरुवातको तुलनामा टोयोटाले जनवरीमा सवारी उत्पादनको लक्ष्य ६० हजार वटा बढाएको हो। कोभिड १९ का कारण टोयोटाको भियतनाम र मलेसियामा रहेको प्लान्टबाट हुने उत्पादन सबैभन्दा धेरै प्रभावि भएको थियो। 


प्रकाशित : बिहीबार , पुस १ २०७८०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend