शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस्तो छ टाटा कमर्सियलको दसैँ अफर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
यस्तो छ टाटा कमर्सियलको दसैँ अफर

यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने छन्। 

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दसैँलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ। चाडपर्वको उत्साहलाई ग्राहकसँग जोड्ने उद्देश्यले हातै खाली नजाने अफर ल्याएको छ। 

यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने छन्।

टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङगर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

साथै हरेक साताको लक्की ड्र मार्फत् बुकिङ गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकले ४० इन्चको एमआई स्मार्ट टीभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहक मध्ये ४३ जना ग्राहकले थप उपहार प्राप्त गर्ने सिप्रदीले जनाएको छ। 

सिप्रदी ट्रेडिङको कमर्सियल भेइकल बिजनेस युनिटका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी आफ्ना ग्राहकहरुको उत्साहलाई बढाई राख्न र उनीहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको छ।

हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकको तर्फबाट अफरसम्बन्धि सकारात्मक प्रक्रिया आएको उनले बताए। उनका अनुसार यो योजना असोज १४ गतेसम्म लागू हुनेछ।


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०६:०४
  • सम्बन्धित विषय:

  • # टाटा माेटर्स
  • # सिप्रदी
  • # दसैँ स्किम
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend