सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

वर्षापछि धादिङमा थालियो चैतेधान रोपाइँ

बिहीबार , चैत २२ २०८०
वर्षापछि धादिङमा थालियो चैतेधान रोपाइँ
फाइल तस्बिर

चैतको सुरुवातमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको किसानले बताए।

मलेखु- धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन्। समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो। केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन्।

चैतको सुरुवातमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका-७ का किसान बलराम अधिकारीले बताए।

कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर दुई हजार दुईसय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। जिल्लामा दश हजार मेट्रिक टन चैतधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिए। उनले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण संकलन भइनसकेको बताए। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend