आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्यमा लगातार रेकर्ड, पाँच दिनमा चारहजारले बढ्यो

बिहीबार , चैत २२ २०८०
सुनको मूल्यमा लगातार रेकर्ड, पाँच दिनमा चारहजारले बढ्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ भने चाँदी पनि महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। यो साता सोमबार र बुधबार रेकर्ड बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार ३ सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता पाँच दिनमा सुनको मूल्य चारहजार रूपैयाले वृद्धि भएको हो। आइतबार स्थिर रहेर सोमबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार भने प्रतितोला चारसय रूपैयाँले घटेको थियो।

बुधबार पुन: सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३३ हजार रूपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। सोमबार र मंगलबार प्रतितोला १०-१० रूपैयाँले बढेर बुधबार प्रतितोला ६५ रूपैयाँले महँगिएको चाँदीको मूल्य बिहीबार प्रतितोला ४० रूपैयाँले बढेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , चैत २२ २०८०११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend