आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आरजु राइसले ल्यायो प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल

बुधबार, चैत २१ २०८०
आरजु राइसले ल्यायो प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल

काठमाडौं- आरजु राइस मिलले प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बजारमा ल्याएको छ। केही दिनबाटै बजारमा उपलब्ध हुने चामलको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन।

कम्पनीले आउँदो २३ गते 'ब्लाइन्ड टेस्ट' गरेर मूल्य सार्वजनिक गर्ने भएको छ। मिलले नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल ल्याएको दाबी गरेको छ।

मोरङको डाँगीहाटमा आरजु राईस मिल रहेको छ। चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको छ। स्थानीय किसान निर्वाहमुखीबाट अब विस्तारै व्यवसायीकरणतर्फ अग्रसर भइरहेको कम्पनीले जनाएको छ।

यसअघि आरजु राईस मिलले मन्सुली तथा लोकल प्रिमियम चामल बजारमा ल्याइसकेको छ। किसानका लागि रोपाईंभन्दा अगाडि नै मिलले न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ।

किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङको माध्यमबाट भुक्तानी दिने गरेकोसमेत कम्पनीले जनाएको छ।

कृषिमा आरजु राइस मिलको सतप्रयास : नेपाली धानबाट उत्पादित गुणस्तरीय लङग्रेन बोरामै हजार रूपैयाँ सस्तो कृषिमा आरजु राइस मिलको सतप्रयास : नेपाली धानबाट उत्पादित गुणस्तरीय लङग्रेन बोरामै हजार रूपैयाँ सस्तो


प्रकाशित : बुधबार, चैत २१ २०८०१७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend