आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

लगातार उकालो लाग्दै पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

बुधबार, चैत २१ २०८०
लगातार उकालो लाग्दै पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

बुधबार सुनको मूल्य १८ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुग्दा चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले बढेको छ।

काठमाडौं- उचारचढावबीच मंगलबार सामान्य घटेको सुनको मूल्य बुधबार पुन: उच्च बिन्दुमा पुगेको छ। यो साता सोमबार रेकर्ड बिन्दुमा पुगेको सुनको मूल्य एक दिनको गिरावटपछि बुधबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको हो।

बुधबार प्रतितोला १८ सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार ३ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साता आइतबार स्थिर रहेर सोमबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार प्रतितोला चारसय रूपैयाँले घटेको थियो। सोमबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज बढेको छ। सोमबार र मंगलबार प्रतितोला १०-१० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला ६५ रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

चाँदी आज प्रतितोला एक हजार ६ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, चैत २१ २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend