आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

अफरोडमा चलाइने गाडी सँगसँगै ६२० किमि रेन्ज दिने स्काईवेलको लक्जरी एसयूभी ईटी ५ को र्‍याली

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २० २०८०
अफरोडमा चलाइने गाडी सँगसँगै ६२० किमि रेन्ज दिने स्काईवेलको लक्जरी एसयूभी ईटी ५ को र्‍याली

काठमाडौं- एनवाईअफ विराटनगर, सुनसरी एवं झापा च्याप्टरले आयोजना गरेको मोटर र्‍यालीको मुख्य प्रायोजक स्काईवेलको लक्जरी एसयूभी ईटी ५ र आयातकर्ता जी मोटर्स प्रालिले संयुक्तरुपमा इटहरी सोल्टी वेस्टेन्डबाट सुरु भएको ३ दिने र्‍याली सम्पन्न गरेको छ। 

र्‍यालीको मुख्य प्रायोजक स्काईवेलको नेपालमै पहिलो सबैभन्दा धेरै रेन्ज ६२० किलोमिटर दिने पहिलो लक्जरी एसयूभी ईटी ५ ले २० वटा अन्य अफरोडमा चलाइने जिप तथा पिकअपसँगै उक्त र्‍याली इटहरी, धरान, भेडेटार एवं तमोर करीडोर हुँदै फिदिम बजारबाट इलामको शाखेजुंगमा क्याम्पमा रात्रीकालीन बास बसी पुन: भोलिपल्ट इलाम फिक्कल, बिर्तामोड र दमकमा कार्यक्रमको समापन गरी पुन: इटहरीबाट विराटनगरमा सम्पन्न भएको छ। कोशी प्रदेशका पर्यटनमन्त्री माननीय गणेश उप्रेतीले र्‍याली सम्पन्न गरे। 

इलामको शाखेजुङ्ग समुद्र सतहबाट २५०० फिट भन्दामाथि रहेको मनोरम दृश्य सहितका ठूलो क्षेत्रफलमा रहेको टि-स्टेटहरुले घेरिएको स्थान हो, जुन इलाम बजारभन्दा ४० किलोमिटर टाढा रहेको अफरोड युक्त क्षेत्र पनि हो।

skywell.jpg

उक्त अफरोड मोटर र्‍यालीको उद्देश्य पूर्व क्षेत्रको पर्यटन वृद्धिमा सहयोग हुने साथै ईभी लक्जरी एसयूभी ईटी ५ ले जस्तोसुकै कठिन बाटोको पनि सहज यात्रा गर्न सकिने र पूर्ण यात्राको मज्जा लिन सकिने साथै एक सिङ्ल फुल चार्जमा ६२० किलोमिटरभन्दा ज्यादा यात्रा सहजै गर्न सकिने जी मोटर्स का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए।

'हाम्रो मुख्य उद्देश्य भनेको ईभी एसयूभीले पनि कठिन बाटोमा पनि पूर्ण लक्जरिका साथ सबै परिवार ५ जना यात्रा गर्दै क्याम्पिङ्गका समाग्रीसहित यात्रा गर्न सकिन्छ र यसमा हाम्रो सवारी अब्बल छ भन्ने कुरा आम ग्राहकलाई सन्देश दिनु नै रहेको छ। आगामी दिनहरुमा पनि हाम्रो प्रालिले यस्ता धेरै यात्रा सहज छन्, स्काईवेलको ईटी ५ मा भन्ने प्रमाणित नै गर्नेछौँ' उनले भने।

प्रीमियम एसयूभी नेपालमा लन्च गर्नुअगावै ग्राहकहरुले जस्तोसुकै बाटो या त त्यो सामान्य सडक होस् वा एक्स्ट्रा अफरोड होस जहाँ पनि ढुक्कका साथ लान सक्नुहोस् भन्ने उद्देश्यका साथ यस र्‍यालीलाई प्रायोजन एवं सहभागिता जनाएको उनले बताए।

यस सवारीमा ग्राहकहरुले अत्याधुनिक फिचरसहित उच्च प्रविधियुक्त आरामदायी क्याबिन र लक्जरी सिट, प्यानारोमिक सनरुफ एवं मुनरुफ र उच्च १९० यमयमको ग्राउन्ड क्लियारएन्स प्राप्त गरी एउटा पूर्ण एसयूभीको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ।

skywell.jpg

यस मोटर र्‍यालीको सहभागिता एवं सवारीको पर्फरमेन्सले एकदम उत्साहित भएको जनाउँदै विज्ञप्तीमार्फत भनिएको छ, 'नेपालमा ६२० किलोमिटर रेन्ज दिने प्रीमियम लक्जरी एसयूभीले यत्तिको कठिन यात्रा तय गरेको नै यो पहिलो हो। हामी यस सवारीको पूर्ण लन्च र डेलिभरी एकदम चाँडो गर्ने तयारीमा छौँ साथै हाम्रो कम्पनीले नै ५,००० किलोमिटर भन्दा बढी नेपालका सबैखाले भू-भागमा टेस्ट गरी ग्राहकको विस्वास जित्नेमा ढुक्क छौँ।'

स्काइवेल ईटी ५, फाईभ स्टार सेफ्टी क्रायस टेस्ट प्राप्त, ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।

स्काइवेल ईटी ५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने छ। 

स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।


प्रकाशित : मंगलबार, चैत २० २०८०१४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend