आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, चाँदीको बढ्यो

मंगलबार, चैत २० २०८०
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, चाँदीको बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ।

काठमाडौं- नेपाली बजारमा यो साता आइतबार स्थिर रहेर सोमबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार घटेको छ। मंगलबार सुन प्रतितोला चारसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३१ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३० हजार पाँचसय ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य भने आज पनि बढेको छ। आइतबार स्थिर रहेर सोमबार प्रतितोला १० रूपैयाँले बढेको चाँदी मंगलबार पनि प्रतितोला १० रूपैयाँले महँगिएको हो। चाँदी आज प्रतितोला एक हजार पाँचसय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, चैत २० २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend