आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्यमा कीर्तिमान, एकैदिन १६ सयले बढ्यो

सोमबार, चैत १९ २०८०
सुनको मूल्यमा कीर्तिमान, एकैदिन १६ सयले बढ्यो

यो साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको हो।

काठमाडौं- लगातारको वृद्धिपछि यो साता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार पुन: बढेर उच्च बिन्दुमा पुगेको छ।

सोमबार १६ सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३१ हजार ६ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३० हजार ९ सय रूपैयाँ कायम छ। 

अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। यो साताको पहिलो दिन आइतबार भने स्थिर रहेको सुनको मूल्य सोमबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको हो।

चाँदीको मूल्य पनि आज प्रतितोला १० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : सोमबार, चैत १९ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend