आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१' योजना

सोमबार, चैत १९ २०८०
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१' योजना

'हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१' योजनाअन्तर्गत ग्राहकहरुले स्क्रयाचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- हुन्डाई अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१' योजना ग्राहकहरुमाझ ल्याएको छ। यो ग्राहकमुखी योजना आजदेखि नेपालभर सुरु भएको छ।

आफ्नो ग्राहकहरुको यात्रा खास बनाउन यसपाली हुन्डाईले तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको छ।

'हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१' अन्तर्गत ग्राहकहरुले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाखसम्मको आकर्षक नगद छुट र १० लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको नि:शुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ।

'हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१' योजनाअन्तर्गत ग्राहकहरुले स्क्रयाचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्। यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा  ईभी गाडी खरिद गरी फाइदा लिन सकिनेछ।

ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४५ चार्जिङ पोइन्टहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : सोमबार, चैत १९ २०८०१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend