आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सोमबार, चैत १९ २०८०
सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

काठमाडौं- सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा सेगवेका ई-स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ। 

ग्राहकहरुले यही १९ चैत २०८० देखि १८ बैशाख २०८१ सम्म रहने यस योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाउने छन्। साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने मौका पाउने छन्। विद्युतीय स्कुटरको नेपाली बजारमा सेगवेका ई-स्कुटरहरु लोकप्रिय हुनुका साथै उपभोक्ताहरूको रोजाइमा परिरहेका छन्। 

सहरीदेखि साहसिक यात्राका लागि ग्राहकहरु सेगवे ई-स्कुटरहरुमा आकर्षित हुनुका साथै तिनका नवीन विशेषताहरूका कारण दैनिक जीवनको एक आवश्यक अंश बन्न सफल भएका छन्। 

नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे ई-स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन्। विशेष गरी ई१२५ र ई११०एलमा २५ हजारसम्म, ई१०० मा २० हजारसम्म र ए१०० मा १५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। 

यसका साथै सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा १ रात २ दिनको बसाइ र स्कुटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गर्नेछन्।


प्रकाशित : सोमबार, चैत १९ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend