आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

सोमबार, चैत १९ २०८०
बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनीय उपलब्धिबाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ आयोजना गरेको हो।

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालि चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ।

साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुरस्कार हात पार्न सफल भएको हो। अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनीय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ।

अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनीय उपलब्धि बाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको हो। नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीले जनाएको छ।

सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको थियो। हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन्। यसले बीवाईडी धेरै स्थानमा विस्तार हुन र नेपालभर रहेका ग्राहकको पहुँचमा रहन चाहेको प्रमाणित गरेको कम्पनीको भनाइ छ।

साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन्। यसले कम्पनीको दिगो मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्दछ। त्यसैगरी यसले सवारी साधनप्रति ग्राहकको अनुभवमा सुधार गर्न र नेपालमा बीवाईडी ईभीको प्रयोग अझै बढाउन साइमेक्सको सक्रियतालाई प्रमाणित गरेको कम्पनीले उल्लेख गरेको छ।

‘हामी बीवाईडीबाट सम्मानित भएका छौँ र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौँ’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरुको अटुट समर्थनको प्रमाण हो।’

नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवर्द्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरुमा अनुपम मूल्य प्रदान गर्ने प्रतिबद्धतामा सदैव अडिग रहेको श्रष्ठले बताए।


प्रकाशित : सोमबार, चैत १९ २०८०१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend