आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

धनगढीमा फोटोनको थ्रीएस शोरूम

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १८ २०८०
धनगढीमा फोटोनको थ्रीएस शोरूम

नयाँ शोरुममा फोटनको नेपाली बजारमा सबै मोडल उपलब्ध हुनेछन्।

काठमाडौं- फोटोन गाडीको अधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेइकल प्रालिले धनगढीमा नयाँ थ्रीएस शोरूम सञ्चालनमा ल्याएको छ। 

योसँगै यस क्षेत्रका ग्राहकहरुले सेल्स, सर्विस, पार्ट्सको सम्पूर्ण सुविधा लिन सक्ने छन्। धनगढी र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले बडिमालिका ट्रेडिंग कन्सर्न प्रालिमार्फत नयाँ थ्रीएस शोरुम नेटवर्क सञ्चालनमा ल्याएको हो। 

चैत्र १६ कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिएको छ। नयाँ शोरुममा फोटनको नेपाली बजारमा सबै मोडल उपलब्ध हुनेछन्।

फोटोनसँग हाल बजारमा कम्वसन इन्जिन जडिति र इलेट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन्। इलेट्रिकमा १४ र १५ सिटर प्यासेनजर भ्यान, कार्गो भ्यान र ईभी ट्रक ‘टीएम १’ लोकप्रिय मोडल हुन्।

नयाँ शोरुमबाट बिक्री र बिक्रीपछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन्। यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम सञ्चालनमा आएपछि ग्राहकलाई गाडी खरिद र बिक्रीपछि सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ।


प्रकाशित : आइतबार, चैत १८ २०८०११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend