आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य उच्च बिन्दुमै स्थिर

आइतबार, चैत १८ २०८०
सुनको मूल्य उच्च बिन्दुमै स्थिर

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। अघिल्लो साता बुधबारयता लगातार बढिरहेको सुनको मूल्यमा आइतबार कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २९ हजार चारसय रूपैयाँ कायम छ। सुन गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। यो साताको पहिलो दिन आइतबार भने सुनको मूल्य उच्च बिन्दुमै स्थिर रहेको हो।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, चैत १८ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend