आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एनवाईईएफ मोटर र्‍यालीमा स्काइवेल ईटी फाइभ पनि सहभागी

शनिबार, चैत १७ २०८०
एनवाईईएफ मोटर र्‍यालीमा स्काइवेल ईटी फाइभ पनि सहभागी

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो प्रिमियम विद्युतीय एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर छ भने यसको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ।

काठमाडौं- नेप्लिज योङ आन्टरपेनर फोरम (एनवाईईएफ) को आयोजनामा विराटनगरदेखि साँखेजुङसम्म मोटर र्‍याली आयोजना भएको छ। 

प्रदेशको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले उद्घाटन गरेको उक्त मोटर र्‍यालीको मुख्य प्रायोजक स्काइवेल ईटी फाइभ ईभी रहेको छ।

विराटनगरदेखि इटहरी, धरान, फिदिम बजार हुँदै साँखेजुङ पुगेर कन्याम, चारआली, विर्तामोड, दमक, इटहरी हुँदै विराटनगर फर्किएको सो र्‍यालीमा २५ भन्दा बढी कार सहभागी थिए। 

एनवाईईएफ विराटनगर, सुनसरी र झापा च्याप्टर र्‍यालीका लागि आवश्यक व्यवस्थापन गरेका हुन्। मोटर र्‍यालीमार्फत कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। 

sky birat1.jpg

नेपालमा उपलब्धमध्ये सबैभन्दा धेरै रेन्ज दिने दाबी गरिएको विद्युतीय कार स्काइवेल ईटी फाइभसमेत सहभागी भएको स्काइवेलको आधिकारिक बिक्रेता जी मोटर्सका म्यानेजिङ डाइरेक्टर कैलाशबाबु गेलालले बताए। ‘कोशी क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहायोग पुगोस् भनेर नेपालमै धेरै रेन्ज दिने विद्युतीय सवारी स्काइवेल ईटी फाइभलाई पनि र्‍यालीमा सहभागी गराइएको हो,’ गेलालले भने। 

स्काईवेल ईटी फाइभ केही दिनअघि नेपाल भित्रिएको थियो। जी मोटर्सले ब्रान्ड भने गएको अटो शोमै सार्वजनिक गरेको थियो। 

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो प्रिमियम विद्युतीय एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर छ भने यसको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ। 

ईटी फाइभ एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। कम्पनीले यो विद्युतीय एसयूभी अबको केही दिनपछि उपभोक्तालाई हस्तान्तरण सुरु गर्ने जनाएको छ। 


प्रकाशित : शनिबार, चैत १७ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend