शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक

शनिबार, चैत १७ २०८०
कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक

गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।

ताप्लेजुङ- पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा क्षेत्रमा पर्यटक आउन थालेका छन्।  

कञ्चनजंघा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन्। पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ। चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।

पर्यटक आगमन सुरु भएसँगै कञ्चनजंघा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए। पहिलो सिजनमा कञ्चनजंघा क्षेत्रमा छ सय ५० जान बाह्य पर्यटक आएका उनले बताए।

आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उनले जानकारी दिए। गत वर्ष  चार सय ३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए।

कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन्। फक्ताङलुङ गाउँपालिका-६ ग्याप्लामा सात करोड रूपैयाँ लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ। रासस


प्रकाशित : शनिबार, चैत १७ २०८०११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend