शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

२६५ यात्रु बोकेर कतारको दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्काएर अवतरण

शुक्रबार, चैत १६ २०८०
२६५ यात्रु बोकेर कतारको दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्काएर अवतरण

बिहीबार राति १२ बजे उडेको वाइडबडीको  हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालक दलले काठमाडौं नै फर्काएका थिए।

काठमाडौं- बिहीबार राति कतारका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज बीच बाटोबाट नै काठमाडौं फर्काइएको छ।

२ सय ६५ जना यात्रु बोकेको जहाजको 'हाइड्रोलिक सिस्टम' मा समस्या देखिएपछि काठमाडौं फर्काइएको नेपाल एयरलाइन्सले जनाएको छ।

बिहीबार राति १२ बजे उडेको वाइडबडीको  हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालक दलले काठमाडौं नै फर्काएका थिए।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार यात्रुलाई रात्रि नै अर्को जहाजबाट कतार पठाइएको छ। उक्त जहाज मर्मत भइसकेको र दिउँसो १:४५ बजे दिल्ली उडान हुने प्रवक्ता पौडेलले बताएका छन्। 

मर्मतका लागि इजरायल पठाइएको जहाज उतै रोकिएका कारण दुईवटा हुने गरेको दिल्ली उडान पनि लामो समयदेखि एउटामात्रै भइरहेको छ। 

प्रकाशित : शुक्रबार, चैत १६ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend