शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पर्यटन बोर्डमा तीनजना सदस्य नियुक्त

बिहीबार , चैत १५ २०८०
पर्यटन बोर्डमा तीनजना सदस्य नियुक्त

काठमाडौं- सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीनजना सदस्य मनोनित गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलेपर्यटन बोर्डको कार्यकारी समितिमा तीनजना सदस्य नियुक्त गरेको छ। जसमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा रहेका छन्। 

पर्यटन बोर्डमा निजी क्षेत्रबाट हुने पाँचजना प्रतिनिधिमध्ये तीनजनाको गत माघ २२ गते समय सकिएको थियो। जसमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तीनजना नियुक्त गरेको हो।


प्रकाशित : बिहीबार , चैत १५ २०८०१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend