शनिबार, साउन १२ गते २०८१    
images
images
images

१०० मेगावाटको सुपर त्रिशुली हाइड्रोपावर आयोजना रोक्न माग, सर्वोच्चमा रिट दायर

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १५ २०८०
images
images
१०० मेगावाटको सुपर त्रिशुली हाइड्रोपावर आयोजना रोक्न माग, सर्वोच्चमा रिट दायर

त्रिशुली नदीमा भएको बहाव, जैविक विविधता, जलचरको बासस्थान, प्रजननमा दीर्घकालीन असर पार्ने, नदी प्रणालीको पहिचान, सदिऔँदेखि धार्मिकरूपमा सम्मान गर्दै आइएको त्रिशुलीको अस्तित्व नै समाप्त हुने रिटमा उल्लेख छ।

images

काठमाडौं- त्रिशुली नदीको बुट्टारमा सुपर त्रिशुली हाइड्रोपावर आयोजना, ब्लु इनर्जी प्रालिको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बदरको मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ। 

images
images

आयोजनाले उत्पादन गर्ने भनिएको एक सय मेगावाट विद्युत् उत्पादन रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ अधिवक्ता पदमबहादुर श्रेष्ठसहित स्थानीय ५९ जनाले बुधबार दायर गरेको उक्त रिटमा विद्युत् उत्पादन गर्नेगरी विसं २०७४ साउन ३ गते पारित भएको ईआईए बदर गर्न माग गरिएको छ।

नुवाकोटको देवीघाटबाट चितवनको देवघासम्मको त्रिशुली नदीको क्षेत्र र नारायणी नदीको देवघाटबाट त्रिवेणी, नवलपरासी बर्दघाट सुस्तापूर्वसम्मको नदी क्षेत्रलाई सम्पदा नदी घोषणा र त्रिशुलीलगायत नदीलाई प्राकृतिक व्यक्तिसरह अधिकार दिनसमेत परमादेशको माग उक्त रिटमा गरिएको छ।

images

रिटमा आयोजनाको ईआईए प्रथमपटक विसं २०७३ चैत १० मा, परिमार्जित विसं २०७४ असार ५ मा बुझाएको तथा उक्त ईआईएलाई विसं २०७४ साउन ३ मा जनसङ्ख्या तथा वातावरण मन्त्रालयअन्तर्गत सचिवस्तरको निर्णयबाट स्वीकृत भएकाले ईआईए बदर गर्न माग गरिएको छ।

super trishuli.jpg

त्रिशुली नदीमा भएको बहाव, जैविक विविधता, जलचरको बासस्थान, प्रजननमा दीर्घकालीन असर पार्ने, नदी प्रणालीको पहिचान, सदिऔँदेखि धार्मिकरूपमा सम्मान गर्दै आइएको त्रिशुलीको अस्तित्व नै समाप्त हुने रिटमा उल्लेख छ।

दायर गरिएको रिटमा उक्त आयोजनाले विद्युत् निर्माणको कुनै पनि काम थालनी नगरेको, जग्गा अधिकरण गर्ने, क्षतिपूर्ति दिने, क्षतिको पहिचान र व्यवस्थापन, मुर्दाघाट सार्ने, र्‍याफ्टिङ व्यवसायको समस्या सम्बोधनलगायत विषयमा ध्यान नदिएको उल्लेख गरिएको छ। रासस


प्रकाशित : बिहीबार , चैत १५ २०८०१४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend