शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

२०२१ को टाइम म्यागजिन वर्ष व्यक्ति टेस्लाका सीईओ एलन मस्क

मंगलबार, मंसिर २८ २०७८
२०२१ को टाइम म्यागजिन वर्ष व्यक्ति टेस्लाका सीईओ एलन मस्क

मस्कलाई २०२१ को सर्वाधिक प्रभावकारी व्यक्तिका रुपमा समेत चित्रित गरिएको छ। 

काठमाडौं- टाइम म्यागजिनले २०२१ को वर्ष व्यक्तिमा टेस्ला र स्पेस एक्सका सीईओ एलन मस्कलाई छनोट गरेको छ। मस्कलाई २०२१ को सर्वाधिक प्रभावकारी व्यक्तिका रुपमासमेत चित्रित गरिएको छ। 

वर्ष व्यक्तिका रुपमा छनोट भएका एलन मस्क सर्वाधिक प्रभावकारी व्यक्ति भएको टाइमका प्रधान सम्पादक एडवार्ड फेलसिन्थलले लेखेका छन्। २०२१ मा एलन मस्क विश्वकै धनी व्यक्तिका रुपमा मात्र उदाएनन्, उनले समाजका लागि समेत सकारात्मक सन्देश प्रवाह गर्नमा योगदान गरेको उल्लेख छ। 

TIM21.jpg

मस्क विश्वकै धनी व्यक्तिका रुपमा उदाउनुमा टेस्लाको बढ्दो क्रेजर र कम्पनीको सेयर मूल्यमा आएको वृद्धि नै हो। २०२१ मा मस्कको कम्पनी स्पेस एक्सले पहिलो पटक पर्यटकका रुपमा यात्रुलाई स्पेसमा लगेको थियो। 

टाइमले १९२७ देखि ‘म्यन अफ द इयर’ चयन गर्न सुरु गरेको थियो। त्यसको केही वर्षपछि टाइमले व्यक्तिको व्यक्तित्वका साथै उसका कम्पनी वा उसले समूहलाई पारेको प्रभाव समेत हेर्न थालिएको थियो। २०२० मा टाइमले हालका अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रापति कमला ह्यारिसलाई संयुक्त रुपमा वर्ष वक्ति छनोट गरेको थियो। 

टाइमले सँधै सकारात्मक प्रभाव पार्ने व्यक्तिलाई मात्र नभइ नकारात्मक प्रभाव पार्नेलाई समेत वर्ष व्यक्तिका रुपमा छनोट गरेको इतिहास छ। टाइमले १९३८ मा जर्मन साशक एडोल्फ हिटलरलाई वर्ष व्यक्ति छनोट गरेको थियो। 

ट्वीटरमा एनल मस्कले लेख्नु कुराले समेत कयौं मानिसहरुलाई तनाव दिएको समाचारहरु विभिन्न समयमा आइरहेको थिए। टेस्लाले परीक्षण गरिरहेको अटोपाइलट परियोजना समेत सोचेजति उपलब्धिमुलक हुन सकेको छैन। कयौं पटक अटोपाइलट परीक्षणमा दुर्घटना भएका छन्। 


प्रकाशित : मंगलबार, मंसिर २८ २०७८११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend