बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

सुजुकीले ल्यायो ‘नयाँ वर्ष २०८१ क्यास  पाउँ एक्कासी’ योजना

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १४ २०८०
images
सुजुकीले ल्यायो ‘नयाँ वर्ष २०८१ क्यास  पाउँ एक्कासी’ योजना
images
images

काठमाडौं- सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै नयाँ वर्ष अफर ल्याएको छ। ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ नामक योजना ल्याएको हो। 

images
images
images

यस वर्ष सुजुकीले ल्याएको नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथै थप स्क्राच कार्डमार्फत १ लाख रुपैयाँसम्म क्यास एक्कासी पाउँने छन्। 

images
images

त्यस्तै कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकनभन्दा मोटरसाइकलमा थप १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ प्राप्त गर्न सक्ने वा फाइनान्समा शून्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकवर्गहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ। 

images
images

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ। 

बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ। सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र वस्तुको मोडेलअनुसारको उत्पादनका लागि ख्याती प्राप्त छ। 

आजको बदलिदो जीवन शैलीमा विश्वको द्रुत गतिमा चल्ने हायाभुसादेखि लिएर सर्वसाधारणको पहुँचमा पुग्ने जस्ता मोटरसाइकल  (जिक्सर २५०, जिक्सर १५०, इन्ट्रुडर तथा एभिनिस १२५, बर्गम्यान १२५ र एसेस १२५ स्कुटरको उत्पादनमा समेत आफ्नै वर्चश्व रहेको छ। 

सुजुकीले ल्याएको यो योजना २०८० चैत १४ देखि २०८१ जेठ १८ सम्म लागु हुनेछ। 


प्रकाशित : बुधबार, चैत १४ २०८०१९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend