आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १४ २०८०
गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ रुकुम पश्चिम र  श्रीनगर अटो भिलेज सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँग छलफल गरेको छ। 

नेपाल ल्युब आयल लिमिटेडले  रुकुम पश्चिम र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा छलफल सम्पन्न भएको हो।  

नेपालका ग्रामीण र सहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझावलाई उनीहरुको सीप विकाश गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम रुकुम पश्चिम र सल्यान आयोजना भएको कम्पनीले जनाएको छ।  

सोलाबाङका  प्रहरी इन्चार्ज लालबहादुर रोका र सारधा नगरपालिका १२ का वाड प्रमुख सुरेन्द्र बुडासहितको सहभागितामा भएको सो कार्यक्रम बिक्रेता र मेकानिक्सहरुले उत्साजनक रुपमा सहभागिता जनाएका थिए। सो कार्यक्रममा  रुकुम पश्चिम र सल्यानका २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो। 

साथै नेपाल ल्युब आयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्ध पिउने पानीको लागी १५ लिटर क्षमताको आरो जडान गरिएको थियो।   

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिलर इन्चार्ज सन्तोष न्यौपानेले  गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए। उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट, ग्रीजको  बारेमा विस्तृतमा जानकारी गराएका थिए। त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।  


प्रकाशित : बुधबार, चैत १४ २०८०१९:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend