बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

६ प्रतिशतले बजार बढेपछि मंगलबारका लागि कारोबार बन्द

images
मंगलबार, मंसिर २८ २०७८
images
६ प्रतिशतले बजार बढेपछि मंगलबारका लागि कारोबार बन्द

मंगलबारको कारोबार ६ प्रतिशले बढेपछि सेयर बजार आजका लागि बन्द भएको छ।

images
images

काठमाडौं- मंगलबार सेयर बजारमा कारोबार ६ प्रतिशले बढेपछि बजार आजका लागि कारोबार बन्द भएको छ। मंगलबार ६.०१ प्रतिशतले बजार बढेको हो।

images
images
images

मंगलबार १३७.१८ अंकले बजार बढेर २४१८.८५ बिन्दुमा पुगेको छ। मंगलबार १८८ कम्‍पनी सबैमा हरियाली छाएको छ। जहाँ १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ।

images
images

मंगलबार ४३ कम्पनीको १० प्रतिशतले ३ कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भएको छ। यस्तै २४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएकव छ। १४ कम्पनीको ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। २५ कम्पनीको ७ प्रतिशतभन्दा बढीले बढेको छ।

images
images

मंगलबार कारोबार सुरु भएको दुई घण्टामा नै बजार ५.०१ प्रतिशले बढेपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि बजार खुलेको ८ मिनेटमा नै पोजिटिभ सर्किट लागेको हो।

यसअघि सोमबारको बजार ७९.२३ अंकले घटेर बन्द भएको थियो। सोमबार बजार २२८१.६७ बिन्दुमा झरेको थियो। त्यसअघि बजार आइतबार ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा रोकिएको थियो।

मौद्रिक नीतिको समीक्षा आएयता सेयर बजारमा लगातार देखिएको उतारचढावका बीच मंगलबार भने बजार सकारात्मक देखिएको हो। 


प्रकाशित : मंगलबार, मंसिर २८ २०७८०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend