सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

गौतमश्री बहुउद्देश्यीय सहकारी पनि समस्याग्रस्त घोषणा, निक्षेपकर्ताको अर्बौं रकम फिर्ता गर्न सकेन

images
बुधबार, चैत १४ २०८०
images
गौतमश्री बहुउद्देश्यीय सहकारी पनि समस्याग्रस्त घोषणा, निक्षेपकर्ताको अर्बौं रकम फिर्ता गर्न सकेन
images
images

काठमाडौं- निक्षेपकर्ताको रकम फिर्ता नगरेर अर्बौं रुपैयाँ जोखिममा पारेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ। 

images
images
images

निक्षेपकर्ताको रकम फिर्ता नगरेर सञ्चालक फरार भएपछि सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको थियो।

images
images

विभागको सिफारिसमा मन्त्रालयले मंगलबार गौतमश्रीलाई समस्याग्रस्त घोषणा गरेको हो। गौतमश्री सहकारीको पाँच अर्ब रूपैयाँभन्दा बढी जोखिममा परेको बताइए पनि १ अर्ब ७० करोड रूपैयाँ निक्षेप फिर्ताको माग गर्दै अहिलेसम्म आवेदन आएको छ। 

images
images

सहकारीका अध्यक्ष रामबहादुर गौतमसहित कर्मचारी पनि कार्यालय आएका छैनन्। कार्यालय नै बन्द गरिएको छ। सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारीको विभिन्न ठाउँमा रहेको सम्पत्ति र सञ्चालक तथा व्यवस्थापकका नाममा रहेको सम्पत्ति रोक्का गर्न पत्राचार गरेको थियो। विभागका अनुसार सहकारीको सात स्थानमा सम्पत्ति रहेको छ।

विभागले प्रहरी प्रधान कार्यालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। सहकारीको काठमाडौं वडा नं १४ कुलेश्वरमा केन्द्रीय कार्यालय छ। केन्द्रीय कार्यालय रहेको भवन तथा जग्गा, टेकु, पोखरा, नारायणघाटमा रहको सेवा केन्द्रका चलअचल सम्पत्ति सुरक्षा गर्न पनि प्रहरीलाई भनेको छ। सहकारीको कुलेश्वरमा सुपरमार्केट, हेटौँडामा गोदाम र काभ्रेको पातलेखेतमा गाईफार्म रहेको छ।

सहकारी, सञ्चालक र व्यवस्थापकको बैंकमा रहेको खाता रोक्का गर्न पनि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ। सहकारीका अध्यक्ष गौतम हुन् भने संस्थाका सचिव राम गौतम, सदस्यहरू होम कुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, सुभाष भुसाल रहेका छन्।

लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रबिन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह रहेका छन्। सहकारीहरू एकपछि अर्को समस्याग्रस्त बन्दै गएको अवस्थामा पछिल्लो पटक गौतमश्री सहकारीमा पनि उही समस्या देखिएको हो।

मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखे पनि सहकारीमा समस्या देखिने क्रम बढेको छ। नियमन हुन नसक्दा सहकारीमा आर्थिक अपचलनका घटना दिनानुदिन बढिरहेका छन्।

सदस्य निक्षेपकर्ताको रकम फिर्ता नगर्ने, निक्षेप हिनामिना गर्ने घटना बाहिरिएसँगै एकपछि अर्को सहकारीका सञ्चालक पक्राउ पनि परिरहेका छन्।


प्रकाशित : बुधबार, चैत १४ २०८०१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend