आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तोलामा चारसयले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बुधबार, चैत १४ २०८०
तोलामा चारसयले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढ्दा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।

काठमाडौं- बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। यो साता सोमबार प्रतितोला दुईसय रूपैयाँले बढेर मंगलबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य बुधबार पुन: बढेको हो।

बुधबार प्रतितोला चारसय रूपैयाँले बढेर छापावाल सुनको मूल्य एक लाख २६ हजार ८ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २६ हजार दुईसय रूपैयाँ कायम रहेको छ।

मंगलबार तोलामा १० रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चारसय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : बुधबार, चैत १४ २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend